काठमाडौँ – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा संकटा एफसीले चित्लाङ एफसीमाथि सहज जित निकालेको छ ।
शुक्रबार सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले चित्लाङलाई ४–० गोल अन्तरले पराजित गरेको हो । संकटाको जितमा रिचर्ड ओन्यमाले ह्याट्रिक पुरा गरे भने टाय ड्यानियले एक गोल गरे । जितसंगै ८ खेल खेलेको संकटाको ९ अंक भएको छ भने समान खेल खेलेको चित्लाङको ७ अंक रहेको छ ।
लिगमा संकटाले अहिलेसम्म ८ खेल मध्ये २ खेलमा जित निकालेको छ भने ३ खेलमा बराबरी खेल्दा ३ खेलमा हार व्यहोरेको छ । त्यस्तै चित्लाङले १ खेलमा जित निकाल्दा ४ खेल बराबरी र ३ खेलमा पराजय भोगेको छ ।


























































