काठमाडौं – पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं १, ५, ९ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।


ADVERTISEMENT


काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपानेले १३ हजार ५९१ मत प्राप्त गरेकी छिन् ।


ADVERTISEMENT

# # #


मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गरेको छ ।

काठमाडौँ क्षेत्र नं ५ मा सस्मित पोखरेलले ६ हजार ८३४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रदीप पौडेलले दुई हजार २३१ र नेकपा(एमाले)का ईश्वर पोखरेलले एक हजार २०७ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिए ।

यसैगरी, क्षेत्र–१० मा सोही दलका प्रदीप विष्टले छ हजार ६६० मत प्राप्त गरेको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन ।

नेपाली कांग्रेसका हिमाल कार्कीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले एक हजार ५९ र नेकपा (एमाले)का विनोद श्रेष्ठले एक हजार एक मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद (डिपी) अर्यालले दुई हजार ७०२ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसकी नानुमैया बाँस्तोलाले ४७० र नेकपा (एमाले)का अजयक्रान्ति शाक्यले ३६४ मत प्राप्त गरेको छ ।