काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको बताएको छ ।
निर्वाचन नभएको भए मुलुक संविधान र मानवता नै जोखिममा पर्न सक्ने भन्दै उनले भा निर्वाचनले जोगाउने, मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको बताएका हुन् ।
उनले सवैको अपेक्षा अनुसार वर्तमान सरकारले यसअघिको भन्दा सुदृढ चूनाव गरेको धारणा राखे । वर्तमान सरकार गठन भएदेखि नै राजनीतिक हिंसाबाट रगतको थोपो खस्न नपाएको उनको भनाइ छ ।
उनले भविष्यमा आउने सरकारहरूले भत्काउन नसक्ने गरि सुशासनका मानकहरू बढाउनै पर्नेमा जोड दिए ।



























































