काठमाडौं – मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए ।


ADVERTISEMENT


एसपी कटुवालका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ः ४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए ।


ADVERTISEMENT

# # #


उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।