काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले झापा–५ मा १० हजार मत कटाएका छन् ।
ताजा मत परिणाम अनुसार बालेनले १० हजार ४६६ मत ल्याएका छन् । यस्तै उनलको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले २ हजार २०५ मत प्राप्त गरेका छन् ।
यस्तै श्रम संस्कृति पार्टीका शमिर तामाङले १ हजार ३५७ मत ल्याउँदै तेस्रो तथा काँग्रेसकी मन्धरा चिमरियाले २९७ मतसहित चौथो स्थानमा रहेका छन् ।



























































