काठमाडौं – काठमाण्डौ उपत्यकामा प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना रहेको छ ।


ADVERTISEMENT


तत्काल उपत्यकामा ठूलो बर्षा हुने अवस्था नरहेकाले वायुमण्डलमा रहेको प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले आगामी तीन दिनसम्म अहिलेकै अवस्था रहनेदेखिएको र त्यसपछि क्रमश मौसममा सुधार हुने जानकारी दिए । उनले आगामी दिन देशभर मौसम बदली हुने देखिएको उल्लेख गरे । कोशी, बागमती, मधेश, र लुम्बिनी प्रदेशमा केहि स्थानमा हल्का बर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना बिभागले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका केहि शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य मन्त्रालयले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल समेत गरिसकेको छ ।