काठमाडौँ – संघीय लोकतान्त्रिक मोर्चाले देशमा उत्पीडित जनताहरूले देखेका सपना पूरा हुने अवस्था आएको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा बसेको मोर्चाको बैठकले निर्वाचनपछि मधेशी समुदायका बालेन शाह प्रधानमन्त्रीको जिम्मेवारीमा आउने अवस्था बनेको र उत्पीडित जनताहरूले देखेका सपना पुरा हुनेतर्फ देश अघि बढेको निष्कर्ष निकालेको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । बैठकले बालेन शाहलाई आगामी दिनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


उत्पीडितमा परेका समूदायको अधिकारका साथै पहिचानसंग सम्बन्धीत सवालहरु आगामी सरकारले सम्बोधन गर्ने आशा बैठकले गरेको महतोले उल्लेख गरे । उनले अहिलेको निर्वाचनमा बालेन शाहको नाममा देशभर मत आएको भन्दै कसैको विपक्षमा नभइ बालेन शाह प्रधानमन्त्री हुनुपर्छ भन्ने पक्षमा मतदान भएको तर्क गरे ।

निर्वाचनमा मधेश केन्द्रीत दलका कुनै पनि उम्मेदवारले विजय हासिल गर्न नसकेपनि मधेशी समूदायका व्यक्ति जित्नु इतिहासकै लागि ठूलो कुरा भएको उनले बताए । उनले अहिले व्यक्ति भन्दा पनि मुद्दा मुख्य सवाल भएकाले मधेश केन्द्रीत दलहरुले अघि राखेका मुद्दाहरु समाधान हुने आशा गरिएको धारणा राखे ।

बैठकमा लोसपाका अध्यक्ष महन्त ठाकुर, जनमतका अध्यक्ष सीके राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोलगायत सहभागी थिए ।