काठमाडौं – शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४ हजार ८०० र चाँदीको मोल २२५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख ९ हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार २७० निर्धारण भएको छ ।
गत शुक्रवार एक तोला सुन ३ लाख १४ हजार २०० र त्यति नै परिमाणको चाँदी ५ हजार ४९५ मा कारोबार भएको थियो । बिहीवार छापावाल सुन प्रतितोला ३ लाख १७ हजार र चाँदी ५ हजार ५१५ मा कारोबार भएको थियो । गत बुधवार ३ लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



























































