काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिधिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदको नाम टुङ्गो लगाएको छ ।


ADVERTISEMENT


आइतबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकले पार्टीले प्राप्त गरेका मतका आधारमा चयन गर्न सकिने ५७ जना समानुपातीक सांसदको नाम टुङ्गो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले खसआर्यतर्फ १७ जना, जनजातितर्फ १६ जना, दलित ८ जना, मुस्लीम ३ जना, मधेशी समूदायबाट ९ जना, थारुबाट ४ जनाको नाम टुंगो लगाइएको बताए ।

पार्टीले चयन गरेका व्यक्तिहरुको नाम निर्वाचन आयोगमा बुझाइने र आयोगले रुजु गरेपछि मात्रै नामावली सार्वजनिक गरिने उनले बताए । प्रवक्ता झाले संसदीय दलको नेताका बारेमा आन्तरिक छलफल गरिरहेको भन्दै औपचारिक रुपमा केन्द्रीय समितिको बैठकबाट आवश्यक निर्णय हुने धारणा राखे

उनले संसदीय दलको नेता चयनका बिषयमा रास्वपाले यसअघि गरेका प्रतिबद्धता नबिर्सिएको भन्दै तलमाथि हुने आशंका नगर्न आग्रह समेत गरे । बैठकले निर्वाचनमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने उम्मेदवारदेखि अभियान्तासम्म र सवै सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको प्रवक्ता झाले बताए ।