काठमाडौं – सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई मनोनीतका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


राष्ट्रियसभामा राष्ट्रपतिले नियुक्त गर्ने ३ मध्ये एउटा सिट रिक्त छ । सोही सिटमा अर्याललाई सिफारिस गरिएको हो ।


ADVERTISEMENT

# # #


जेन–जी आन्दोलनपछि सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेतृत्व गरेको भन्दै उनलाई राष्ट्रियसभामा ल्याउन आवाज उठेका थिए । सोही अनुसार गृहमन्त्री अर्याल अब संघीय संसदको यात्रा तय गर्ने भएका हुन् ।