काठमाडौं –  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा २ हजार २०० र चाँदी  १८५ रुपैयाँले घटेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख ७ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार १५० कायम भएको छ ।


ADVERTISEMENT

# # #


 हिजो मङ्गलवार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी  रु पाँच हजार ३३५ कारोबार भएको थियो । गत सोमवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २६५ निर्धारण भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार  र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।