काठमाडौं – गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशनले अनुभवी अभियन्ता सोम सापकोटा लाई प्रवक्ताको जिम्मेवारीमा चयन गरेको छ।
यसअघि ११औँ महाधिवेशनमा उपमहासचिव पदमा निर्वाचित भइसकेका सापकोटा लामो समयदेखि संस्थाभित्र सक्रिय रहँदै आएका एक प्रतिबद्ध र प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन्।
सन् १९९६ देखि वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशको अनुभव हासिल गरेका उनले सन् २०१७ देखि बेलायत मा व्यवसाय गर्दै आएका छन्। हाल उनी नेपालमा उत्पादन भएका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई विश्वसामु चिनाउने अभियानमा सक्रिय छन्।
व्यक्तिगत तथा सामूहिक लगानीमार्फत उनले विभिन्न परियोजनामा संलग्नता जनाएका छन् । उनको अनुभव, सक्रियता र नेतृत्वले एनआरएनएको आवाजलाई अझ सशक्त, स्पष्ट र प्रभावकारी बनाउने विश्वास गरिएको छ।


























































