काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएको छ ।
उनले बुधबार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उनी स्वयं सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा। अमरेशकुमार सिंहसँग पराजित भएका थिए।
विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिएका थापाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी मात्र ३८ सिटमा चित्त बुझाउनु परेको छ। रास्वपाले झन्डै दुई तिहाइ बहुमत हासिल गर्दा कांग्रेसका सबै पदाधिकारी चुनावमा पराजित भएका छन्।
यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ । शुक्रबारको बैठकले थापाको राजीनामा स्वीकृत गर्ने वा अस्वीकार गर्ने भन्नेबारे अन्तिम निर्णय लिनेछ ।


























































