काठमाडौं – यात्रुहरूको गुनासोका आधारमा काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका यात्रुवाहक बस, माइक्रोबसलगायत सवारी साधनमा विशेष चेकजाँच गरिएको छ।
चेकजाँचका क्रममा यात्रुलाई जोखिमपूर्ण ढंगले यात्रा गराउने, लापरवाहीपूर्वक सवारी चलाउने, सवारीको ढोकामा यात्रु राख्ने तथा माइक्रोबसमा शरीर बाहिर निकालेर यात्रा गराउने सवारी साधनहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको छ।
यसका साथै चालक तथा परिचालकहरूलाई सचेतना कक्षा सञ्चालन गरी सुरक्षित र व्यवस्थित सेवा दिन निर्देशन दिइएको सम्बन्धित निकायले जनाएको छ।


























































