काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) को शपथ ग्रहण समारोह सुरु भएको छ ।
केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा केहीबेरबाट शपथ ग्रहण कार्यक्रम सुरु भएको हो । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिकवाचन र लामाले मंगलवाचन गर्ने कार्यक्रम तय भएको छ ।
शपथ ग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायतका विशिष्टि व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।


























































