काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले बजाजलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले बजाजलाई लक्ष्मी कर्प नेपालका तर्फबाट सञ्चालक समितिको संस्थापक समूह अन्तर्गत रिक्त सदस्य पदमा चयन गर्दै अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।
यसअघि कम्पनीको अध्यक्ष पदमा शुभल अग्रवाल रहेका थिए। उनले व्यक्तिगत कारण देखाउँदै चैत १९ गते अध्यक्ष पदबाट राजीनामा दिएका थिए।
सोही कारण रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि बजाजलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।


























































