काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विशेष अवस्थामा भएको निर्वाचनबाट विजयी भएको दल र सरकारले जनतालाई सुशासन दिनुपर्नेमा दिएको छ ।
सभाको आजको विशेष समयमा दलीय आधारमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका लीमा अधिकारीले नयाँ सरकारले चालेका सुधारात्मक कामको प्रशंसा गर्दै समग्र आर्थिक विकासको नयाँ आयाम दिन सरकार सफल हुनुपर्ने बताइन ।
उनले अब जनतालाई आश्वासन र भागभण्डा होइन डेलिभरी चाहिने भएकाले त्यसअनुसार सबैले काम गर्नुपर्नेमा जोड दिइन ।


























































