काठमाडौं – बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक घटेर बन्द भएको नेप्से, आज भने बढेर २८०० विन्दुभन्दा माथि बन्द भएको हो।
आज नेप्से परिसूचक ४५.१२ अंक बढेर २८०२.५२ विन्दुमा पुगेको छ। आज कारोबार रकम पनि केही बढेको छ ।
अघिल्लो दिन मंगलबार ६ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३१ करोडको कारोबार भएको छ । २५१ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशत बढेको छ ।
बैंकिङ १.१५, विकास बैंक १.९८, फाइनान्स १.४५, होटल तथा पर्यटन २.५६, हाइड्रोपावर २.६१, लगानी १.३५, जीवन बीमा १.३१, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा १.०१, अन्य ०.१५ तथा व्यापार ०.६१ प्रतिशत बढे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक छन् ।
सान्भी इनर्जीको ९.२२ तथा बन्दीपुर केबुलकारको मूल्य ८.१८ प्रतिशत बढ्यो । स्वेत गंगा हाइड्रोपावरको ४.३५, माइखोला हाइड्रोपावरको ३।२३ तथा थ्रीस्टार हाइड्रोपावरको २.२८ प्रतिशत मूल्य घट्यो ।
आज सबै भन्दा धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्६, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर रहेको छन् ।


























































