काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले सुशीला कार्की नेतृत्वको सरकार र जेनजी समूहबीच भएको सम्झौताको अक्षरशः पालना हुनुपर्ने बताए ।
आज बसेको प्रतिनिधिसभाको बैठक उनले सांसदहरूलाई ललितपुरको सम्पदा हेर्ने गरी जान निम्तो गरेका छन् । ‘मेरो निर्वाचन क्षेत्र नम्बर २ मन्दिरै मन्दिरको सहर हो । सम्पदा नै सम्पदाको सहर हो’। यसको भ्रमण गर्नका लागि उनले प्रतिनिधिसभाका अन्य सदस्यहरूलाई समेत आग्रह गरेका छन् ।
अगाडि भनेका छन्, ‘अरनिको त्यहाँ जन्मनुभएको छ । अरनिकोको घर त्यहाँ छ । सम्पूर्ण माननीय ज्यूहरूलाई हेर्न जान पनि आग्रह गर्दछु ।’
उनले महालक्ष्मी नगरपालिकामा भने पानीको हाहाकार रहेको बताए । यसको लागि काम गर्ने वाचा गरे । साथै उनले बृद्ध र युवा सबैका लागि काम गर्नुपर्ने बताए ।


























































