काठमाडौं – बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ। आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदी तोलामा १५५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।


























































