काठमाडौँ – सर्वोच्च अदालतले नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।


ADVERTISEMENT


खड्काकी श्रीमतीले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको उक्त आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा खड्काको घरमा ठूलो परिणाममा पैसा भेटिएपछि उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । खड्का सम्पत्ति शुद्धीकरणको आरोपमा गत चैत्र १५ गते पक्राउ परेका थिए ।