काठमाडौं – चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित भएका छन् ।  यहाँ सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


सङ्घको सङ्गठन उपाध्यक्षमा रघुनाथ सापकोटा तथा  कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य, महिला उपाध्यक्षमा दीपज्योति थापा, महासचिवमा गोपिकृष्ण चापागाई, खुल्लातर्फ सचिवमा मदन रिजाल, समावेशी सचिवमा मोहम्मद जालिम, कोषाध्यक्षमा मनिष अन्जान (दाहाल) तथा सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी सङ्घको सदस्यमा युवर्ण पौडेल, रतनबहादुर चन्द, सोजना लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, दीपराज क्षेत्री र सालिकराम न्यौपानेलाई चयन गरिएको  सङ्घका महासचिव चापागाईले जानकारी दिए ।