काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा ४ करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


अख्तियारले पुरातत्व विभागका सिडीई (उपसचिव) पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक (नासु देउकला अधिकारी) विरुद्ध ठेक्कापट्टामा घुस लिएको आरोप लगाएको हो ।


ADVERTISEMENT

# # #


निर्माण सेवा प्रालि नामक कम्पनीले पुरातत्व विभागबाट विभिन्न कामका क्रममा ६४ करोड २१ लाख रुपैयाँको ठेक्का पाएको र ठेक्का बापतको रकम घुसको रूपमा अधिकारीको खातामा राखिदिएको अख्तियारको आरोप छ ।

विभिन्न ठेक्काहरूमा सहजीकरण गरिदिएको र ४ करोड २२ लाख रुपैयाँ घुस खातामा भेटिएको अख्तियारको दाबी छ । उनीहरूले आफ्नो संयुक्त नाममा नुवाकोटमा तीन कित्ता गरी १५ रोपनी जग्गा र काठमाडौंमा साढे तीन आना जग्गा किनेको अख्तियारको आरोप छ ।

उनीहरूले घुसबापतको रकमबाट करिब सय ग्राम सुन खरिद गरेको, घुसबापत पाएको रकम चेकबाट साटेर नगद लिएको र ऋण स्वरूप लगानी गरेको अख्तियारको आरोप छ ।