काठमाडौं — सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) नियुक्तिको दौडमा एआईजी वंशिराज दाहाल आफ्नो स्वच्छ छवि र उत्कृष्ट कार्यसम्पादनका कारण विशेष रूपमा चर्चामा आएका छन् ।
सरकारले नयाँ आईजीपी बनाउँदा यसअघि भएको बढुवाक्रम भन्दा पनि बर्तमान कार्यसम्पादन र मूल्यांकनलाई मापक बनाउने प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ । यसकारण पनि दाहालले नयाँ आईजीपीमा बाजि मार्ने बताईएको छ ।
दाहालसंगै अर्का एआईजीपी नारमयणदत्त पौडेल पनि दावेदारका रूपमा लबिङ गरिरहेका छन् । यद्दपी पौडेललाई जेनजी आन्दोलन दवाउन भूमिका खेलेको आरोप लागेको बताईएको छ ।
जेनजी आन्दोलनको जग हुँदै जनताको अभूतपूर्व दुई तीहाई नजिकको जनमत सहितको बलियो सरकारले परिवर्तन र युवाको पक्षमा कर्तव्यनिष्ठ हुने कमाण्डरलाई सशस्त्र प्रहरी बलको लगाम सुम्पने अन्तिम तयारी भईरहेको बताईएको छ ।
संगठनभित्र दाहाललाई इमान्दार, अनुशासित र परिणाममुखी प्रहरी अधिकारीका रूपमा लिइन्छ । उनले जिम्मेवारी सम्हालेका सबै स्थानहरूमा प्रभावकारी कार्यसम्पादनको पहिचान बनाएको प्रहरी अधिकारीहरू बताउँछन् ।
विशेषगरी, दाहालमाथि हालसम्म कुनै गम्भीर विवाद नजोडिएको र उनी स्वच्छ छविका अधिकारीका रूपमा परिचित रहेको स्रोतहरूको भनाइ छ । यही कारणले पनि उनी संगठनभित्र मात्र होइन, बाहिरसमेत सकारात्मक रूपमा हेरिने गरेका छन् ।
सुरक्षा निकायभित्र बढुवा र नियुक्तिमा सिनियरिटीसँगै कार्यसम्पादन, नेतृत्व क्षमता र व्यक्तिगत छवि पनि महत्वपूर्ण हुने विश्लेषण भइरहेका बेला दाहालको नाम सन्तुलित र विवादरहित नेतृत्वको रूपमा अगाडि आएको छ । सशस्त्र प्रहरीका पूर्वआईजीपीहरूको साथ समेत दाहालको पक्षमा खुलेको सूचना आएको छ ।
नयाँ सरकार बनेसंगै परिपक्व र गम्भिर रूपमा नयाँ नियुक्ति, सरूवा, बढुवा तथा जिम्मेवारी तोक्ने र कार्यसम्पादनमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार संबेदनशिल बन्दै सफल उडानको रफ्तारमा छ ।
मुखैमा आएको सशस्त्र प्रहरीको नेतृत्व सुम्पने निर्णयमा पनि सबै चलखेलहरूलाई रोक्दै स्वच्छ र काबिल प्रहरी अधिकारीलाई छनोट गर्ने सरकारको मनस्थिति र अन्तिम तयारी रहेको श्रोतको दाबी छ ।


























































