काठमाडौं – एक्कासी आफुहरुलाई हटाउन लागेको भन्दै थापाथलीको बागमती किनार लगाएत अन्य स्थानमा बस्दै आएकाहरुले शुक्रबार सरकार बिरुद्ध प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


डोजर चलाउने निर्णय रोक्न माग गर्दै सुकुम्बासीहरू शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका हुन्। प्रदर्शनको सम्भावित तनावलाई ध्यानमा राख्दै कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।


ADVERTISEMENT

# # #


उनीहरुको प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानले समेत साथ दिदै प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले बिकासका नाममा उठिबास होइन अधिकार चाहिन्छ, गरिबमाथि अन्याय गर्न पाइदैन, पुनर्वास विना हटाउने निर्णय मान्य छैन, वास्तविक सुकुम्वासीको पहिचान गर लगाएतका प्लेकार्ड देखाउदै सरकार विरोधी नारावाजी गरेका थिए ।

राष्ट्रिय जेनजी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले सुकुमवासीको हक हित र अधिकारका लागि आफुहरुको पूर्ण समर्थन रहेको बताए । उनले वर्तमान सरकारले डोजर चलाउने भनेर आतंक मच्चाएको धारणा राखे । वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गरेर मात्रै अन्य कदम चाल्न उनले आग्रह गरे ।

यता शनिबार बिहानबाट सुकुमवासी बस्ती खाली गर्ने जानकारी आएपछि केहिले आफ्नो सामानहरु सार्न सुरु गरेका छन् । भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयसंगै उनीहरुले सुकुमवासी बस्तीबाट सामान सार्न सुरु गरेका हुन् ।