हेटौंडा- बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं. १ का सभापति दामोदर खनाल नियुक्त भएका छन्।
प्रदेश सरकारको निर्णयअनुसार खनाललाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिइएको हो। लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका खनाल संगठन निर्माण, नेतृत्व क्षमता र राजनीतिक अनुभवका आधारमा यो जिम्मेवारीमा चयन भएको स्रोतले जनाएको छ।
खनालको नियुक्तिसँगै मुख्यमन्त्री बानियाँलाई राजनीतिक तथा नीतिगत निर्णयमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। कांग्रेस मकवानपुर क्षेत्र नं. १ का सभापतिसमेत रहेका खनाल जिल्लास्तरमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्।


























































