राहुल गुप्ता, सिराहा मधेश — राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश समितिको आयोजनामा “सांसद अन्तरक्रिया तथा परिचात्मक कार्यक्रम” आज भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरू, सक्रिय कार्यकर्ताहरू साथै पार्टीको तर्फबाट निर्वाचित माननीय सांसदहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूबीचको अन्तरक्रिया तथा विचार आदानप्रदानले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको आयोजकले जनाएको छ।
सिराहा–४ का माननीय तथा मधेश प्रदेश सभापति ई. तपेश्वर यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी सुदृढीकरण, संगठन विस्तार तथा जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण पदाधिकारीहरू, प्रतिनिधिहरू तथा माननीय सांसदज्यूहरूलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।


























































