कास्की – कास्कीको पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नबनिर्मित भवन आइतबारदेखि सञ्चालनमा आएको छ ।
१५ सैंयाको उक्त अस्पताल भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दै निरिक्षण समेत गरे । २ बर्ष अघि नै सम्पन्न हुनु पर्ने उक्त अस्पताल भवन रकम अभावका कारण अलपत्र परेपछि गण्डकी प्रदेश सरकारले यसपटक करिब ६ करोड रुपैया बजेट सुनिष्चित गरेर निमाणको काम सम्पन्न भएको हो ।
नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले आधुनिक अस्पताल भवनबाट बहालवाला प्रहरी एबं पूर्ब प्रहरीहरुका परिवारजनले सहज रुपमा स्वास्थ उपचार सेवा प्राप्त गर्ने बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त अस्पतालबाट प्रहरीका सबैतह र पूर्ब प्रहरीका परिवारले समेत उपचारमा सहज हुने हुँदा यस अस्पतालबाट गुण स्तरीय स्वास्थ्य सेवा प्रवाह हुनेमा आफु विश्वस्त रहेको बताए ।
अस्पताल उदघाटनका अबसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख दिपेन्द्र जिसीले अबका दिनमा प्रहरी सेवामा लागेका सबैलाई भरपर्दो स्वास्थ सेवा उपलब्ध हुने धारणा राखे । कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रहरी र निमाण कम्पनीका प्राबिधिक लाई सम्मान गरिएको थियो ।


























































