विपक्षी दलले हालै जारी गरिएको अध्यादेशहरु अविलम्ब फिर्ता गर्न सरकारसंग माग
काठमाडौं – संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले हालै जारी गरिएको अध्यादेशहरु अविलम्ब फिर्ता गर्न सरकारसंग माग गरेका छन् ।


ADVERTISEMENT


बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले संसद स्थगत गरेर ल्याएको अध्यादेशको विरोध, भत्र्सना र निन्दा गर्दै अविलम्ब फिर्ता गर्न सरकारसंग माग गरेको हो ।


ADVERTISEMENT

# # #


संसदको अधिवेशन आह्वान गरे लगतै स्थगन गरी अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रीक कदम भएको बैठकको निष्कर्ष रहेको कांगे्रस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बताए ।

बैठकले सरकारले सिफारिस गरेको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको उहाले बताउनुभयो । साथै स्थगन गरिएको संघीय संसदको अधिवेशन अविलम्व आह्वान गर्न समेत माग गरिएको आङदेम्बेले जानकारी दिए ।

सरकारले बैंशाख १४ गते संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश तथा बैंशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केहि नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालय सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । बिपक्षी दलको बैठकमा कांग्रेस, एमाले, नेकपा र राप्रपाका नेताहरु सहभागी थिए ।