धनगढी – दार्चुलाको शैल्यशिखर नगरपालिका–७ का मनिराम लाबड र उनका भतिजो नितेश लाबड घर निर्माणका लागि खन्ने क्रममा माथिबाट ठूलो भिर खस्दा गम्भीर घाइते भएका छन्।


ADVERTISEMENT


दुवै जनालाई तत्काल उपचारका लागि धनगढी ल्याइएको र हाल सेती प्रादेशिक अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ।


ADVERTISEMENT

# # #


घटनापछि परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको बताइएको छ। उपचार खर्च व्यवस्थापन गर्न कठिनाइ भइरहेका बेला स्थानीय स्तरबाट सहयोग जुट्न थालेको छ।
यसैक्रममा सोही वडा–७, बिरालीपोखराका स्थानीय तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका स्वकीय सचिव एनपी जोशी लाइट  (NP Joshi Light) ले ५ हजार ५०० रुपैयाँ आर्थिक सहयोग प्रदान गर्दै मानवता देखाएका छन्।

जोशीको सहयोगले पीडित परिवारलाई केही राहत पुगेको स्थानीयले बताएका छन्। गम्भीर अवस्थामा रहेका दुवै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयवासी तथा आफन्तजनले थप सहयोगका लागि समेत अपिल गरेका छन्।