काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला  एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८१० कायम भएको छ ।


ADVERTISEMENT

# # #


हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी रु चार हजार ९१५ मा कारोबार भएको थियो ।