काठमाडौं – साताको कारोबार हुने अन्तिम दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। बिहीबार नेप्से परिसूचक ५.७३ अङ्कले घटेर २७३८.७२ विन्दुमा बन्द भएको हो ।
आज बजारमा कुल ३४६ कम्पनीका १ करोड ९ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ।
अघिल्लो दिन २५ तथा मंगलबार पनि २६ अंक घटेको थियो । कारोबार सुरु भएको २२ मिनेटमै नेप्से परिसूचक २७०८ अंकसम्म झरे पनि त्यसपछि गिरावट दर सम्हालिएको हो ।
आज ९८ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने १० को स्थिर रह्यो । दुई समूहका सूचक मात्रै बढेका छन् । बैंकिङ ०.०२ र उत्पादन तथा प्रशोधन ०.८४ प्रतिशत बढेका हुन् । सबै क्षेत्रका सूचक १ प्रतिशतभन्दा न्यून दरले घटे ।


























































