काठमाडौं – कानुनको शासनको परिधिभित्र रहेर सरकारले सोच्दै गर्दा आफ्नो नागरिकसँग युद्ध अपराधी जस्तो व्यवहार गर्न नमिल्ने नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको भनाई छ ।
शुक्रबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् उद्घाटन गर्दै सभापति थापाले सरकारको कामकारवाहीले देशलाई ठीक ढंगले अघि बढाउने नदेखिएको भन्दै म्यान्डेडअनुसार ठीक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न सरकारलाई सुझाव दिएको हो ।
उनले आफुहरु केहि समय मौन रहेर मौनताको बीचमा सत्यको खोजी गर्ने प्रयासमा रहेपनि अव भने मौन ब्रत तोड्नुपर्ने अवस्था आएको धारणा राखे । सभापति थापाले नदिको किनारामा बस्दै आएका नागरिकलाई हटाउने र उनीहरुलाई उचित व्यवस्थापन गर्ने अधिकार र जिम्मा कानूनले दिएको उल्लेख गरे । कानुनको शासनको परिधिभित्र रहेर सरकारले सोच्दै गर्दा आफ्नो नागरिकसँग युद्ध अपराधी जस्तो व्यवहार गर्न नमिल्ने उनको भनाइ छ । उनले सरकार कानूनको बलमा मात्रै अघि बढ्न खोजेको धरै उदाहरण देखिएकाले यसले कसैलाई पनि ठीक ठाँउमा लिएर नजाने बताए ।
सभापति थापाले सरकारले अध्यादेश ल्याउन पाउन भएपनि ित्यसका आधार तय गर्नुपर्नेमा जोड दिए । त्यस्तै भाद्र २४ गतेको घटनाको छानविनका लागि सरकारले न्यायीक छानविन आयोग बनाउने प्रतिवद्धता जनाएपनि पछि त्यसबाट पछि हटेको उनले बताए ।
सभापति थापाले श्रमिकहरुलाई एकताबद्ध हुन पाउने अधिकार संविधानले नै दिएको भन्दै कसैले चाहेर श्रमिकको अधिकार खोस्न नसक्ने स्पष्ट पारे । उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय भोगेकोमा चिन्ता नभइ कमकमजोरी खोज्ने तर्फ लाग्नुपर्ने बताए ।


























































