काठमाडौं – कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको छ ।
उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मृतक चालकको सनाखत भने हुन बाँकी छ ।
घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले फायर एक्स्टिङ्गुइसर (आगो निभाउने उपकरण) को प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए। पछि घटनास्थलमा दमकल समेत पुगेको थियो।
गाडीमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।



























































