काठमाडौं – संवैधानिक परिषद्को आजको निर्णयले फेरि एउटा गम्भीर प्रश्न उठाएको छ के अब न्यायपालिकामा स्थापित विधि, वरिष्ठताको अभ्यास र संवैधानिक परम्पराको कुनै मूल्य बाँकी छैन?


ADVERTISEMENT


प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठतम न्यायाधीशलाई बेवास्ता गर्नु केवल एउटा नियुक्तिको विषय मात्र होइन, यो न्यायिक स्वतन्त्रता, शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तमाथिको गम्भीर चुनौती पनि हो। जब विधिभन्दा शक्ति हाबी हुन्छ, तब संस्थामाथिको जनविश्वास कमजोर बन्दै जान्छ।


ADVERTISEMENT

# # #


मुलुकका शीर्ष नेतृत्व सहभागी रहेको संवैधानिक परिषद्का सदस्यहरूले नै नोट अफ डिसेन्ट लेख्नुले यो निर्णय कति अपरिपक्व र विवादास्पद थियो भन्ने स्पष्ट संकेत गर्दछ। लोकतन्त्रमा अदालत सरकारको सुविधा अनुसार चल्ने संस्था होइन संविधानको रक्षा गर्ने अन्तिम भरोसा बन्नुपर्छ। तर संवैधानिक परिषद्को आजको निर्णयले सरकार राज्यका सम्पूर्ण अंग र संवैधानिक निकायहरूमाथि त्रास सिर्जना र पूर्ण नियन्त्रण स्थापित गर्ने अधिनायकवादी सोचतर्फ अघि बढिरहेको स्पस्ट भएको छ।

यसले लोकतन्त्र लाई नै खतराको मुखमा उभ्याएको छ । यस्तो अवस्थामा अब न्यायपालिका र संवैधानिक निकायहरू को स्वतन्त्रता कसरी सुरक्षित रहला ? यो आजको सबैभन्दा गम्भीर र डरलाग्दो चिन्ताको विषय बनेको छ ।