नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्प्णी गर्नुभएको छ ।


ADVERTISEMENT


शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले संवैधानिक निकायमा नियुक्ति गर्दा प्रधानमन्त्रीको पूर्ण हस्तक्षेप रोक्नका लागि संवैधानिक परिषद् बनाइएको भएपनि प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्पणी गर्नुभएको हो ।


ADVERTISEMENT

# # #


उहाले अव्यवस्थीत बस्ती हटाउने नाममा राज्यले क्रुरता र बरबरता देखाएको भन्दै आपत्ति जनाउनुभयो । सभापति थापाले भूमिहीन सुकुम्वासीलाई अपराधी जस्तो गरि प्रस्तुत गर्न खोजिएको बताउनुभयो । अहिले नेपाली कांग्रेस संघमा प्रतिपक्षीमा रहेकाले राज्यका गलत कार्यहरुमाथि तथ्य र प्रमाणसहित संसदमा कुरा उठाउनुपर्ने उहाले बताउनुभयो ।

सभापति थापाले प्रदेश र स्थानीय सरकारमा कांग्रेस नेतृत्वको सरकारलाई संघ सरकारको जस्तो गल्ती गर्ने छुट नरहेको धारणा राख्नुभयो ।