काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ४० रुपैयाँले बढेको हो।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।


ADVERTISEMENT

# # #


आज चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँ खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो।