काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा  प्रश्नको जवाफ दिने दिन तोकेका छन् ।


ADVERTISEMENT


‘सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८३ र ०८४ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ साल वैशाख ३१ गतेको दिन तोकेको जानकारी गराउँदछु,’ सभामुख अर्यालले भने ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री शाहले आफू उपस्थित हुन नसक्ने भनेर नीति तथा कार्यक्रममाथि छलफलको प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेलाई तोकेका थिए । सुरुमा विपक्षीले यो मानेनन् ।

पहिलो बैठक स्थगित भएपछि दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे

त्यसपछि छलफल प्रारम्भ हुनु अगाडि छलफल सुन्न प्रधानमन्त्री उपस्थित हुनुपर्ने भनेर विपक्षीले माग राखे । विपक्षीको यो अडानमा रास्वपा सहमत भएन । परिणाममा तीन वटै बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरुवात नै हुन सकेन ।

अन्तिममा सभामुख अर्यालले प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ साल वैशाख ३१ गतेको दिन तोकेको जानकारी दिएका हुन् ।