काठमाडौं – हिजोको दिन जेष्ठ ३ गतेदेखि मलमास वा अधिकमास शुरु भएको छ र यो आषाढ १ गतेसम्म रहने छ । पुरुषोत्तम मास पनि भनिने मलमासलाई सूर्य र चन्द्रमासमा फरक परेको समयलाई मिलाउने एउटा रोचक र वैज्ञानिक–धार्मिक संयोजनको महिना मानिएको छ ।


ADVERTISEMENT


मलमास के हो


ADVERTISEMENT

# # #


हिन्दू वैदिक पञ्चाङ्ग अनुसार सूर्यको गति र चन्द्रको गति फरक हुनाले सौरवर्ष र चान्द्र वर्ष भित्र दिन र वर्षको अवधि भिन्नभिन्न हुन्छ । जस्तो सूर्यले १२ वटा राशि पार गर्न लगाउने समय अर्थात सौर वर्षभित्र करिब लगभग ३६५ दिन, ५ घडी, ४८ पला हुन्छन् । तर चान्द्रवर्ष चन्द्रमाको तिथि ९शुक्ल पक्ष र कृष्ण पक्ष० अनुसार गणना हुने वर्षमा लगभग ३५४ दिन, २२ घडी, १ पला हुन्छन् ।
यसरी हेर्दा सौर्य वर्ष र चन्द्र वर्षको बिचमा प्रत्येक वर्ष लगभग ११ दिनको अन्तर पर्छ । यो अन्तर बढ्दै जाँदा ३ वर्षमा करिब ३३ दिन पुग्छ । यही ११(११ दिनको अन्तरलाई हिसाव गरेर सौर्य र चन्द्र वर्षबिच तालमेल मिलाउन प्रत्येक ३२ महिना, १६ दिन र ४ घडी पछि चन्द्र वर्षमा एउटा अतिरिक्त महिना थपिन्छ । त्यही थपिएको महिनालाई मलमास वा अधिकमास भनिन्छ ।

गणनाको आधार

मलमासको गणना अत्यन्त सूक्ष्म खगोलीय नियममा आधारित हुन्छ । एक चन्द्र महिनामा सूर्यले कुनै राशिमा प्रवेश ९संक्रान्ति० गर्नुपर्छ तर कुनै चन्द्र महिनाभित्र सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश नगरेको खण्डमा, त्यो महिना अधिक मास ९मलमास० हुनजान्छ । भन्नुको अर्थ, सामान्यतस् १२ चन्द्र महिनामा १२ संक्रान्ति पर्छन् तर कहिलेकाहीँ १३ चन्द्र महिनामा पनि १२ मात्रै संक्रान्ति पर्न जान्छन । जुन महिनामा सूर्यको संक्रान्ति हुँदैन, त्यही नै मलमास हुन्छ।त्यसैले “सूर्यले राशि नबदल्ने ९संक्रान्ति नहुने० चन्द्र महिना नै मलमास हो ।
यसको विपरीत, कहिलेकाहीँ एउटै चन्द्र महिनाभित्र दुईवटा संक्रान्ति पर्न जान्छन्, जसलाई क्षयमास भनिन्छ । सामान्यतया मलमास नववर्षको सुरुवात ९वैशाख० देखि असोजरकार्तिक महिनाको बिचमा बढी पर्ने गर्छ ।

के गर्न हुन्छ र हुँदैन

धर्मशास्त्र, पुराण र स्मृतिहरूमा मलमासलाई विशेष रूपमा वर्णन गरिएको छ । प्रायस् मलमासलाई ूमलू अशुद्ध वा “अशुभ” महिना मान्ने गरिन्छ तापनि यसलाई अशुभ नभनेर “देवविहीन” ९देवकार्य निषेधित समय० भन्नु ठिक हुन्छ । कारण, यो समय सूर्य एउटै ठाउँमा स्थिर भएकोले देवताका यज्ञ अनुष्ठान फलदायी नहुने भन्ने विश्वास रहेको छ ।

गर्न नहुने वर्जित कर्महरू

यो महिनामा काम्य कर्म ९कुनै फल वा सांसारिक सुखको इच्छाले गरिने नयाँ शुभरमांगलिक कार्य० पूर्ण रूपमा वर्जित हुन्छन् । भन्नुको अर्थ विवाह, व्रतबन्ध ९उपनयन० र चूडाकर्म ९छेवर० जस्ता संस्कार, गृह प्रवेश, नयाँ घरको जग हाल्ने ९शिलान्यास० वा नयाँ व्यवसायको सुरुवात, विशेष व्रतको उद्यापन ९साँगे गर्ने काम० र देवप्रतिष्ठा ९मन्दिरमा मूर्ति स्थापना गर्ने कार्य लगायतका माङ्गलिक कर्म र दीर्घकालीन शुभ मुहूर्तका काम्य कर्म नगर्ने शास्त्रोक्त मत छ ।

गर्न हुने विहित कर्महरू

मलमासलाई आध्यात्मिक रूपमा निकै पवित्र मानिन्छ । यसमा गरिने निष्काम कर्म ९फलको आशा नगरी गरिने को धेरै ठूलो फल मिल्छ । दैनिक गरिने जप(तप, व्रत( ध्यान साधना र नित्य पूजा, पाठ, सन्ध्यावन्दन र कुलदेवताको नियमित पूजा जस्ता नित्य कर्म रोकिँदैनन् । जातकर्म ९बच्चा जन्मिँदा गरिने संस्कार०, अन्त्येष्टि ९दाहसंस्कार० र श्राद्ध जस्ता नैमित्तिक कर्म पनि रोक्न मिल्दैन ।
यो पुरुषोत्तम महात्म्य कथा श्रवण गर्ने, तीर्थस्नान, व्रत, उपवास र पुराण श्रवणको लागि सर्वोत्तम हो र श्रीमद्भागवत गीता पाठ गर्ने, विष्णु सहस्रनाम जप आध्यात्मिक साधना उपासनाको यस महिनामा झन् बढी लाभ प्राप्त हुन्छ । उता गरिब, दुःखी र ब्राह्मणलाई अन्न, वस्त्रको दान र सेवाकार्यले ग्रहदोष शान्त हुने र अधिक मास भएकोले फल पनि अधिक नै मिल्छ भन्ने व्याख्या पनि सुनिन्छन् ।

पुरुषोत्तम मासको पौराणिक सन्दर्भ

मलमासलाई “पुरुषोत्तम मास” किन भनियो भन्ने विषयमा पुराणहरूमा एउटा रोचक प्रतीकात्मक कथा पाइन्छ, जसले यस “अतिरिक्त समय”लाई अपवित्र होइन, बरु अत्यन्त पवित्र बनाइदिन्छ ।
पौराणिक मान्यता अनुसार, जब १२ महिनाका अधिपति देवताहरू ९सूर्य, चन्द्र आदि० तोकिए, यो अतिरिक्त महिना ९अधिकमास०को कसैले पनि स्वामित्व लिन मानेनन् ।सूर्य संक्रान्ति नहुने, कुनै देवकार्य आरम्भ पनि नहुने हुँदा यसलाई सबैले ूमलमासू अर्थात् अशुद्ध र त्याज्य महिना भनेर हेला गरे र यो अनाथ जस्तो हुनपुग्यो । अत्यन्त दुःखी भएर सबै देवताहरूकहाँ पुगेर गुनासो गर्दापनि सुनुवाई नभए पछि अझै बढी दुःखी भएर अन्ततः मलमास भगवान विष्णुकहाँ पुगेर भन्यो ,” हे प्रभु१ मलाई सबैले त्यागे । म कहाँ जाऊँरु”
भगवान विष्णुले उसको पीडा बुझेर भने ,”तिमी दोषी होइनौ बरु समयकै एक विशेष रूप हौ । अबदेखि तिमी निन्दित हुने छैनौ । तिमीलाई म आफ्नो स्वरूपमा स्वीकार गर्छु र आफ्नो नाम ुपुरुषोत्तमु प्रदान गर्दछु । तिमी मेरो नामबाट पूजित हुनेछौ । तिमीलाई सबै मासहरूभन्दा श्रेष्ठ “पुरुषोत्तम” मास बनाइनेछ । जो मानिसले तिम्रो समयमा मेरो भक्ति गर्छ, ऊ हजारौं गुणा पुण्यलाभ पाउने छ ।ू
यसरी मलमास “भगवान विष्णुको प्रिय महिना” अर्थात् “पुरुषोत्तम मास” हुन गयो र आध्यात्मिक साधनाको सर्वोत्तम समय हुन गयो ।

लौकिक मान्यताहरू

शास्त्रीय नियमबाहेक हाम्रो समाजमा पुराना पुस्तादेखि चल्दै आएका केही रोचक लौकिक मान्यताहरू पनि छन्स्
विशेष गरी नयाँ विवाह भएका जोडीहरू मलमासभरि एउटै घरमा बस्नु हुँदैन, वा सासू(बुहारी र ज्वाइँ(ससुराको मुख हेर्नु हुँदैन भन्ने लोक विश्वास छ । त्यसैले नवविवाहित दुलहीहरू यो महिनामा माइत जाने चलन छ ।
लोक परम्परामा मलमासभरि काँसको थालमा ३३ वटा मालपुवा राखेर दान गर्नुको विशेष महत्त्व छ । ३३ संख्याले हिन्दू धर्मका ३३ कोटी देवतालाई प्रतिनिधित्व गर्छ भन्ने विश्वास छ । यो महिनामा विलासिताका नयाँ सामान, सुनचाँदीका गहना वा नयाँ कपडा किन्नुलाई पनि शुभ मानिँदैन ।

निष्कर्ष

ज्योतिषीय दृष्टिकोणले मलमास भनेको सौर र चन्द्र पात्रोलाई सन्तुलनमा राख्ने वैज्ञानिक पद्धति हो भने, धार्मिक र आध्यात्मिक रूपमा यो सांसारिक मोह र तडकभडकबाट टाढा रहेर आत्माको शुद्धीकरण र भगवान् पुरुषोत्तमको ध्यान गर्ने दिव्य समय हो ।