काठमाडौं – सांसद रचना खतिवडाले संघीय संसद भवन अगाडि सहिदहरूको स्मारक निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारसँग आग्रह गरेकी छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सहिदहरूको बलिदान र योगदानको सम्मान केवल शब्दमा सीमित नभई व्यवहारमा पनि देखिनुपर्ने बताइन् ।


ADVERTISEMENT

# # #


उनले सहिदहरूको सम्झनामा निर्माण गरिने स्मारक ढिलाइ नगरी अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सांसद खतिवडाले सहिद परिवारको सम्मान, घाइतेहरूको उपचार तथा योगदानको उचित कदर गर्नुपर्ने उल्लेख गर्दै राज्यले उनीहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा राखिन् ।

उनले सहिदहरूको इतिहास र योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन स्मारक निर्माण महत्वपूर्ण हुने बताइन् ।