काठमाडौं – संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरुले कोशी प्रदेश सभामा विरोध जनाएका छन् ।
बुधबार बसेको कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरुले प्रक्रिया पुरा नगरि नीति तथा कार्यक्रम गरेको भन्दै विरोध जनाएका हुन् । विरोधकाबीच कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कार्यसुचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजेपनि प्रतिपक्षी सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए । सो क्रममा केहि सांसदहरुले रोस्ट्रमको माइक खोस्ने प्रयास गरेपछि मर्यादापालकले रोकेका थिए ।
विरोधकाबीच सभामुख विष्टले संशोधनको समय नदिएको नभइ संशोधन नआएपछि प्रक्रिया अघि बढाएर नीति तथा कार्यक्रम पारित गरिएको बताउनुभयो । उहाले नीति तथा कार्यक्रम पारित गर्दा सर्वसम्मत नभइ प्रतिपक्षीका असहमति रहेको बिषयलाई उल्लेख गरिएको जानकारी दिए ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरुले निरन्तर अवरोध गरेपछि सभामुख विष्टले आधा घण्टाका लागि बैठक स्थगित गरे । कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सोमबार पारित भएको थियो ।


























































