काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दैै नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।
सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आवद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले प्रधानमन्त्री सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र राष्ट्रघाती दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नारावाजी गरेका छन् । साथै प्रदर्शनकारीहरुले जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा, झुट बोल्ने प्रधानमन्त्री चाहिदैन, आत्मसमर्पणवादको विरोध गर्रौ, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
सो क्रममा नेकपाका नेता राजेन्द्र पाण्डेले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त घृणित, गैरजिम्मेवारपूर्ण र राष्ट्रिय अखण्डताकोविरुद्ध भएकाले विरोध गरिएको जानकारी दिएका छन्। उनले देशको प्रधानमन्त्रीले यस्तो कुरा बोलिसकेपछि अन्य विकसित मुलकहरूमा संसदबाट बाहिर निस्कनेबित्तिकै राजीनामा दिनुपर्ने परिस्थीति हुने भएपनि नेपालमा यसलाई सामान्यकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।
नेता पाण्डेले यस बिषयमा प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोलें भनेर माफी माग्नुपर्ने र त्यसो नगरे राजीनामा दिनुपर्ने स्पष्ट पारेका छन्।


























































