काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा कांग्रेसको पूर्ण साथ रहने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले सुशासनका लागि नै भाद्र २३ र २४ गते युवाहरुले आन्दोलन गरेको भन्दै सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताएका छन् ।


ADVERTISEMENT

# # #


वर्तमान सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पतिको छानविन गर्न आयोग बनाएकाले आफु र कांग्रेसका सवै सदस्यहरुको विबरण बुझाउने उहाले बताएका छन्।उनले न्यायालयमा काम गरेका केहि पूर्वन्यायमूर्ती र केहि राजनीतिक दलका नेताहरूले विवरणहरू नबुझाउने भनेकोमा यसमा कांग्रेसको कुनै टिप्पणी नरहेको धारणा राखेका छन्।
सभापति थापाले सम्पतिको छानविन गर्न आयोगले अव सम्पत्ति छानविनको प्रक्रियालाई निरन्रता दिनुपर्नेमा जोड दिएका छन् ।  थापाले सरकारले गठन गरेको आयोगले गर्ने कामहरुको स्वच्छता र पारदर्शितामाथि भने प्रश्न उठ्न नहुने तर्क गरेका छन्।