काठमाडौं- प्रतिनिधिसभाको बैठक सूचना टाँस गरि मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
विपक्षी दलको अवरोधका कारण सोमबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरि जेष्ठ २६ गते मंगलबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम(३) बमोजिम सभामुखले जेष्ठ २६ गते मंगलबार बस्ने गरि समय निर्धारण गरेको संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।
यसअघि सोमबार बसेको बैठकमा सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै बिपक्षी दलका सांसदहरुले विरोध जनाएका थिए । प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बिपक्षीको माग रहेको छ ।


























































