काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिपछि सीमामा भारतीय हस्तक्षेप बढेको आशंका व्यक्त गरेका छन् ।


ADVERTISEMENT


सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष राईले पछिल्लो समय सीमामा भारतीय हस्तक्षेप बढ्नुको कारण प्रधानमन्त्रीको अभिव्यक्ति हुन सक्ने बताएका हुन्।


ADVERTISEMENT

# # #


उनले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सभामुखको ध्यानाकर्षण गराउदै प्रधानमन्त्रीले पनि संसदमा आएर जवाफ दिनुपर्ने धारणा राखेका छन्।

सुस्तामा भारतीय सुरक्षा फौज छिरेर आतङ्कित बनाउने गतिविधिको माइतिघरमा विरोध गर्दा उनीहरुलाई पक्राउ गरेर मुद्दा दायर गर्न लागेको भन्दै उनले आपत्ति जनाएका छन् ।

सांसद राईले विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र कैलालीमा टेम्पो गुल्टाउनेमाथि समेत आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउन माग गरेका छन्।