काठमाडौं – संसद्मा आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को विवादित अभिव्यक्तिउपर रुलिङ नगरेको भनेर सभामुख अर्यालमाथि नै प्रश्न उठाएका थिए ।


ADVERTISEMENT

# # #


उनले भनेका थिए, ‘स्वयम सभामुख महोदयसँग एउटा प्रश्न छ । सभामुख महोदय, हाम्रो गरिमामय जो सामुन्ने कुर्सीमा बस्नु भन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको रास्वपा पार्टी थियो यहाँको त्यो सँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?’

यो विषयमा लगत्तै सभामा नियमापत्ति भयो । रास्वपाका सांसद गणेश कार्कीले प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ मा सभामुखले पद अनुकुलको आचरण गरेको छैन भन्ने प्रस्तावमा बाहेक सभामुखको आलोचना गर्न नपाइने प्रावधान राखेको स्मरण गराए । त्यसपछि सभामुख अर्यालले यो विषयमा ध्यानाकर्षण भएको बताएका हुन् ।