काठमाडौं- चितवन पूर्वप्रधानमन्त्री डा .बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई आफ्नो चुनावी नारालाई परिमार्जन गर्दै सुशासन र विकासमा केन्द्रित हुन सुझाव दिएका छन्। रास्वपाको प्रथम महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशको जटिल भूराजनीति, आन्तरिक विविधता तथा कमजोर र भ्रष्टाचारले ग्रसित राज्य संरचनाबीच सुशासन र समृद्धि स्थापना गर्नु नै मुख्य चुनौती रहेको बताएका छन्।


ADVERTISEMENT


भट्टराईले जनताले रास्वपालाई सुशासन र समृद्धिको अपेक्षासहित मत दिएको उल्लेख गर्दै चर्चित चुनावी नारा ‘चुपचाप घण्टीमा छाप’ लाई अब ‘चुपचाप सुशासन र विकास’ मा रूपान्तरण गर्नुपर्ने धारणा राखेका छन्।


ADVERTISEMENT

# # #


उनले पार्टीभित्र र बाहिरका शक्तिहरूले रवि लामिछाने र बालेन शाहबीच तुलना तथा विभाजनको राजनीति गर्न सक्ने खतरा औँल्याउँदै दुवै नेताबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्। रास्वपाको आगामी पाँच वर्षको भविष्य नेतृत्वको एकतामै निर्भर रहने उनको भनाई छ।

भट्टराईले आफ्नो पुस्ताका केही समकालीन नेताहरूले विभिन्न षड्यन्त्रका सिद्धान्त अघि सारेर ‘जेन–जी विद्रोह’ तथा रास्वपाको उदयलाई बुझ्न नसकेको टिप्पणी गर्दै रास्वपाको सफलतालाई नेपालको नयाँ राजनीतिक क्रान्तिको महत्वपूर्ण कडीका रूपमा लिनुपर्ने बताएका छन्