काठमाडौं- एनआईसी एशिया बैंक⁠ले लिलाम बिक्रीमा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।


ADVERTISEMENT


बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिने व्यवस्था गरिएको छ। लिलाम सम्बन्धी सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गरेर सम्पत्तिको सम्पूर्ण विवरण हेर्न सकिने बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


खरिद गर्न इच्छुक ग्राहकले पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर तथा सम्पर्क ठेगाना उल्लेख गरी थप जानकारीका लागि बैंकसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था समेत गरिएको छ।

बैंकका अनुसार उक्त पोर्टलमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलामयोग्य सम्पत्तिहरूका विवरण नियमित रूपमा अद्यावधिक गरिनेछ। यसले लिलाम प्रक्रियालाई थप पारदर्शी, सहज र प्रविधिमैत्री बनाउने विश्वास बैंकले लिएको छ।