काठमाडौं – मेटलाइफ नेपालले आफ्ना ग्राहकका लागि सीमित अवधिको विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले व्यतित जीवन बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।


ADVERTISEMENT


कम्पनीका अनुसार जुन १८ देखि जुलाई १६, २०२६ सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत पाँच वर्षभित्र व्यतित भएका जीवन बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गरिनेछ। यस्तै, पाँच वर्षभन्दा बढी समयदेखि व्यतित रहेका पोलिसी पुनःसक्रिय गर्दा ७५ प्रतिशत छुट दिइने जनाएको छ।


ADVERTISEMENT

# # #


ग्राहकहरूले वान बाई मेटलाइफ एप वा नजिकको मेटलाइफ शाखा कार्यालयमार्फत यो सुविधा लिन सक्नेछन्। एपमार्फत ग्राहकले घरमै बसेर पोलिसी पुनःसक्रिय गर्न, आवश्यक विवरण पेश गर्न तथा आफ्नो अनुरोधको अवस्थासमेत अनलाइनबाटै हेर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले डिजिटल माध्यमबाट बीमा सेवालाई अझ सरल, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताउँदै सबै ग्राहकलाई आफ्नो बीमा सुरक्षा पुनःस्थापित गर्न यस अवसरको लाभ लिन आग्रह गरेका छन्।

कम्पनीका अनुसार ग्राहकले चाहेमा नजिकको मेटलाइफ शाखा कार्यालयमा पुगेर पनि पोलिसी पुनःसक्रिय गर्न सक्नेछन्।