काठमाडौं – सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ तथा चाँदी १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेसँगै ४ हजार ३१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।



























































